Tuesday, February 19, 2019

छोप्राक हाम्रो हुँदै गरेको बेला

छोप्राक हाम्रो हुँदै गरेको बेला
 सुरेन्द्र देवकोटा
जब उभिन्छ आँखा अगाडी अजंगको पहाड र एक्लिनुको पीडालाई गिज्याउछन् झ्याउँकिरीहरु । साँझ पर्दा नपर्दै शोक धुन बजाउन शुरु गर्छ भुसुण्डी खोलो, एकाएक म मौन बन्छु । म मान्छेका कल्याङ् बल्याङ् आवाजलाई नबोलेरै सुत्र रुचाउँछु । जीवनका पाँच हिउँदहरु आकाशझै लाग्ने लिगलिगकोटको काखमा विताएको मान्छे, एकाएक खोचझै लाग्ने भुसुण्डीको काखमा पुग्दा म भएछु मनौता रुचाउने, प्रकृतिमा रम्ने । सायद जिन्दगीको यहि प्रवेगले मलाई कलम संग प्रेम गर्न सिकायो, सुँघायो जराको सुगन्ध र जाने कसरी रम्न सकिन्छ पीडामा पनि ।
     जिल्लामा भएको एउटा साहित्यिक कार्यव्रmममा भेट हुँदा श्री मण्डली मा.वि. का प्रधानाध्यापक रुद्र पोखरेलले विद्यालयले स्वर्ण महोत्सव गर्न लागेको र स्वर्ण स्मारिकाको लागि केही लेख्न अनुरोध गर्नुभएपछि फेरी फिल्मको रील जस्तो घुमेछु छोप्राक हाम्रो हुदै गरेका ति दिनहरुमा । स्कुले जीवनका उतार चढावहरुमा । 
हामी मण्डली उक्लन शुरुगर्दाको समय बडो धारीलो थियो । मान्छेको सपनाहरुलाई मान्छेलेनै थुक्दै गरेको दृष्यका दोछायाँहरु हामीले पनि देख्न थालेका थियौं । घरघरमै झण्डाहरु झगडा गर्थे । विहान र साँझ छुट्याउन नसकिने याम थियो । त्यो त्यहि समय थियो जहाँबाट शुरुभएको हो समयले बेहोरेको संक्रमण क्यान्सर । पोखिएको हो दिन नउदाउँदै अँध्यारो । छयालिसको परिवर्तन संगै हुर्किएको नेपाली सपना त हामी उतिसारो जान्दैनथ्यौं तर त्यसका ह्याङ्ओभरहरु बाँकी नै थिए । तिनैसपनाको बलि दिदै थिए समयको रथ हाँक्ने सारथिहरु । प्रतिकारमा खुँडा उद्याउदै थियो अर्को लश्कर । एउटा विहानी आएकोमा रमाएका मान्छे खासमा त्यो साँझ देख्दा अत्तालिदै थिए धेरै जसो ।  अहिले म सम्झदैछु त्यसै भनेका होइन रहेछन् जर्ज ओरवेलले All animals are equal but some animals are more equal than others.
समयभन्दा तेजोमय गतिमा हामी थियौ बुर्कुसी मार्दै गरेको टिन एजमा । अ‍ैले सम्झदा लाग्छ उमेरका छाल संग हामीले बग्न जानेनछौ र जोगिएछौ । हामी हेलिएको भए डुब्थ्यौ कि पौडन सिक्थ्यौ थाहा छैन तर हामी पानीमै हुन्थ्यौ । बगरमै सहि अहिले हामी नदि किनारमा छौं । चाङै चाङ् सपनाहरु र महत्वाकाँक्षाहरु खर्पन भरी भरी बोकेर शुरु गरियो मैदानको उकालो । हामी सायद धेरै सपना देख्ने नागरिक हौं जे भएपनि हामीलाई छुट थियो नै सपना देख्न । निस्तै सहि सबैभन्दा धेरै सपनाहरुले अघाउन पाएको ५० को दशकको शूरुवातमा र ६० को दशकको मध्यमा हो ।
     त्यहिंबाट शुरुभयो छोप्राक संग एक खाले प्रेमिल संवाद । अलिकति असहमति, अलिकति घमण्ड, अलिकति घृणा, अलिकति हार्दिकता र अलिकति मित्रता मिसिएको भाषा । खै किन हो त्यहाँ हामीले भ्यानगगका सुर्योदयहरु देखेनौं, भिञ्चिका मोनालिसाहरु भेटेनौ । एकखाले निरबता थियो, सुख्खा थियो मान्छेको मन एलियटको वेष्ट ल्याण्ड जस्तो । जहाँ मान्छेहरु मरेका मानिसका लाशहरु गाडेर उम्रन्छ कि भन्दै पर्खी बसेका हुन्छन् । दशैं लाग्दा हामी चंगा उडाउँथ्यौं उतातिर, छोप्राकमा चंगा उडाइत्रथ्यो अझ भनौ उड्दैनथ्यो । यति सानो कुरा मेरो मनमा बल्झिरहन्थ्यो । पछि प्रतिकात्मक हेरियो कि कुत्री ।
धेरै साथिहरु थिए, सबैलाई कहाँ सम्हाल्न सकिने रहेछ र स्मृतिमा । त्यसमाथि आठ कक्षासम्म चोरकाटेमा चहारेका हामी, बाँकी दुई बर्ष मण्डलीमा पढ्दा कतिसंग त घुलमिल नै हुन सकिएन । थुप्रै केटिसाथिहरु संग त बोली नै मिसिएन । हामी एउटै बेञ्चका साथि हरी, रवि, टेक, सुनिल र म । त्यसमा सबैभन्दा निम्छरो म । त्यो बेलाको त्यो निमुखापन नै प्रिय लाग्छ अहिले । सरहरुका अगाडी अनुशासित रवि चलेरै नथाक्ने । अनि त्यही हारमा सुनिल । टेक अलि संयमित । कहाँ होलान् तिनीहरु आजभोली संझदा बहकिन्छ मन । हरीसंग मात्र अहिलेसम्म नियमित भेटघाट भइरहन्छ । जीवनमा युटर्न हरिकै भयो । हरिको उपद्रो स्कुलमै सकिनु रहेछ । समाजशास्त्रमा एम.ए. गरेका तिनी एकाएक संस्कृति प्रेमी, धर्मभिरु ज्योतिष नै बनेर निस्किए । साँच्चै शिवकुमार राईको कथा पालाको पैचो पढ्दा निल बहादुर सरले भने जस्तै जिन्दगी त आ­आफ्नै भंँगोलोमा बग्यो । पछि एम.ए. पढ्दै गर्दा प्राय शनिबार हामी साथिहरुको एउटा झुण्ड क्याफेमा भेटिन्थ्यौं र अंग्रेजी साहित्यका चर्का बहसहरु गथ्र्यौ । त्यसमा दुई जना साथि एउटै स्कुल पढेका थिए । उनिहरु पटक पटक नोस्टाल्जिक हुन्थे । मैले पनि खुब मिस गरे यि स्कुले साथिहरुलाई त्यो बेला ।
     उकालो उक्लदै थाकेको शरीरले खुब रुचाउँथ्यो नयाँ चौतारोको छायाँ । अनि अन्तिम विश्राम स्थल बन्थ्यो भोटेपोखरीको बरको रुख । केही साथिहरुलाई कपाल कता लर्काउने भत्रे पिर, कतिलाई एसम्ब्ली नसकिदै पुगिएला भत्रे चिन्ता । कति साथिहरुमा चढिसकेको थियो भाले गन्ध । तीनको शरिर र मन सधै‌ छुट्टीएर हिड्ने । रेडियो सुत्रे लत थियो एउटा । आइतबारको हाफ ब्रेकमा चर्चा हुन्थ्यो शनिबारको रेडियो नाटकको । सिनेमा उतिसारो कहाँ थियो र हाम्रा पहुँचमा । सेल फोन हुन्छ भत्रे नै थाहा थिएन । एकखाले सादा जिन्दगी । हिडियो रहरका पातहरुमा टेकेर, सपनाका सिढींहरु उक्लिएर ।
     हामीले मण्डलीमा पढ्न शुरुगर्दा प्रानाध्यापक हुनुहुन्थ्यो यम प्रसाद भट्टराई । उहाँको विशिष्टताले लोभ्याएको हो मलाई । उहाँको ओजस्वि पर्सनालिटिको सदुपयोग छोप्राकले, अझ विद्यालयले कति गर्यो बुझ्न सक्ने भइसकेका थिएनौ हामी । त्यसपछि रामजी प्रसाद पोखरेलको नेतृत्वमा चल्ने प्रयास गर्यो विद्यालय । के भयो थाहा छैन तर हाम्रा कक्षाहरु उतिसारो सहज चलेनन् । एस. एल. सी. को मुखमै कोचिङ कक्षा नै बन्दभो । विद्यालय छोड्ने बेलाको एक खाले नरमाइलोमा अझै यो थपियो । त्यसका पछाडी आफ्नै परिवन्दहरु थिएहुन् एउटा सामान्य विद्यार्थीमा त्यसको महत्व नहुने रहेछ । उसले हर्ने र बुझ्ने भनेको शैक्षिक क्रियाकलाप र शैक्षिक वातावरण नै रहेछ ।
एस. एल. सी. पास गरेपछि एम. ए. शुरु नगर्दासम्म को समय छोप्राककै सर्वोदय प्राविमा शिक्षण सेवामा सिम्मिलित हुँदा कोतरिएको हुँ हाम्रा स्कुलमा मौलाएका काँडाका झ्याँङ्कहरुमा । छिचोलेको हुँ समय हिड्न विर्सीए जस्ता एकलासे उकाला । हाम्रा स्कुलहरुमा एउटा शिक्षक, शिक्षक कम र किसान बढी भएर जागिर खान्छ । एउटा अभिभावक, अभिवावक कम र नेता बढी भएर अभिभावकत्व वहन गर्छ । विद्यालय निरिक्षक स्कुलको बाटो भुल्छ । अनि विद्यालयले विद्यार्थी कम र राजनितक कार्यकर्ता बढी उत्पादन नगरेर के गर्छ ? अनि शिक्षकले शिक्षण कम र पार्टीको झोला बढी नबोकेर के बोक्छ? एउटा अपवाद निस्कन खोज्यो भने बकुल्लो बन्छ कागको बथानमा । हो जीवनका सुत्रहरु सिकाएछ छोप्राकले,  के के के के सिकाएछ छोप्राकले, छोप्राक हाम्रो हुँदै गरेको बेला ।
     त्यो छोप्राक हाम्रो हुँदै गरेको बेला थियो । विस्तारै छोप्राकले हाम्रो उपस्थितिलाई अटेरी गर्न छोड्दै गरेको बेला थियो । यद्दपी कति अझै आउटसाईडरका चश्माले हेर्थे ।  कतिमा थियो अझै अघोरी आडम्बर । स्कुले जीवनमा मैले सबैभन्दा ज्यादा प्रेम गरेको प्रकृतिलाई नै हो र हो सबैभन्दा बढी प्रेम पाएको पनि यहि प्रकृतिबाट । छोप्राक छिरेपछि यहाँको माटो संग भएको हो पहिलो स्पर्श र हावा संग भएको हो पहिलो संवाद । 
     दक्षिण फर्किएको छोप्राकी धरातल आफैमा सलादजस्तो छ र उस्तै छ यहाँको सभ्यता । चोरकाटेको सेरोफेरो संगै फैलिएको कुमाल बस्तीको आफ्नै मौलिकता छ भने चित्रे वरपरको गुरुङ् बस्तीको त्यतिकै सौन्दर्य । अल्पसंख्यक बरामहरुको बस्ती र हिजोको समाजले पछिपारेका दलित समुदायको बलियो उपस्थिति अर्को गहना हो यहाँको । पोखरेलहरुको बाक्लो उपस्थिति रहेको मध्य क्षेत्रलाई नेपालभरकै पोख्रेलहरुले श्रद्दाले हेर्छन् । 
श्री मण्डली मा.वि. गाविसकै एक मात्र माध्यामिक विद्यालय थियो त्यो बेला । गोरखाको शैक्षिक इतिहासमा एउटा विशिष्ट महत्व राख्ने विद्यालयले थुप्रै उतार चडावहरु व्यहोरेको छ । थुप्रै राजनितिक खिचातानिहरु सहेको छ । तारिफ योग्य समालोचकीय खुवि भएका रुद्र पोखरेलको बौद्दिक खुविलाई विद्यालयले चिनेर नै जिल्लाको बौद्दिक जमातमा राम्रै पहिचान बनाएका पोखरेललाई गाउँले बोलाएको छ भलै मलाई थाहा छैन अहिले उनको उर्जालाई कत्तिको पहिचान र परिचालन गरेको छ गाउँले । तर हामी पढ्दाको मण्डलीमा यौटा राम्रो पुस्तकालयको जरुरत थियो र थियो समुदायमा पनि बौद्दिक कसरतको खाँचो । राजनितिक उतारचढावले जन्माएका दम्भहरु, आक्रोस र हठहरु हावि हुँदै गरेको बेला थियो । त्यो हाम्रा ID हरुले IGO हुँदै Super Ego तर्फ बढ्दै गरेको बेला पनि थियो । त्यो छोप्राक हाम्रो हुँदै गरेको बेला थियो ।
त्यो त्यहि समय थियो हामी युधीर थापा र प्रकाश कोविदका उपन्यासहरु पढ्थ्यौं । हामी लेख्थ्यौ समयले सिकाएको कविता । हामी अरु कविता पनि लेख्थ्यौं र मैदानको हुलाक घर बाट पठाउँथ्यौ मधुपर्कलाई । के थाहा पुग्थे पुग्दैनथे हाम्रा कविताहरु गन्तव्यमा । हामीले स्कुले जीवनमा कहिल्यै थाहा पाएनौ कविता प्रतियोगिता भएको । न कहिल्यै भयो लेखन सिपका कुरा । खाली केही भयो त हाजीरी जवाफ, भयो वक्तृता भयो । कहाँ पाउनु र अहिले जस्तो प्रतिभा देखाउने प्लेटफर्म ? अहिले सम्झदा लाग्छ धेरै बर्ष नभए पनि एउटा युग चाँही बाँचिएछ कि के हो । विज्ञान र प्रविधीले ल्याएको परिवर्तनले अलि असमयमै बुढो भइएछ की ?  जे होस ति समय तस्वीरहरु अहिले हेर्दा खुव मन पर्ने रहेछ । पीडा पीडा जस्तो नलाग्ने, अभाव अभाव जस्तो नचहर्याउने । कहिले काँही लाग्छ जीवन त आगत भन्दा विगत पो रहेछ ।
       छोप्राक संग एउटा प्रेमिल सम्बन्धको गाँठो कसेको छु र हार्डीको फार फ्रम द माडिङ् क्राउडको बाथसेवालाई जस्तो जति परपर गएपनि  छोप्राक र मण्डली उ.मा.वि.को छायाँले छोपिरहन्छ हर्दम । समयका बल्छीहरुमा पटक पटक उनिएको छ यो माटो । पोखिएको छ हर्दम पसिना यि माटाहरुमा श्रमको र पनि बाँझो झैं लाग्छ यहाँको भुगोल । गिज्याइरहेझै लाग्छ आदिम सभ्यता । संस्कृतिको मुलमा उभिएर अधकल्चो बाँचेको छ संस्कृति  । इतिहासलाई बोकेर पिठ्युँमा इतिहासमै उपेक्षित छ यो । हुर्काएको छ समयका कलिला काइनाहरु र समयकै काँडाघारीमा अल्झीएको छ ।  विविधता भित्र विधी विर्सीए जस्तो । आँखाको डिल बाट चुहिए जस्तो आशा । रित्तिए जस्तो ओठबाट अमृत मुस्कान । बाटाहरु त छन् प्रशस्त तर भौतारीइ रहेछ बाटोको  खोजीमा । अलिकति अक्षरहरु टेकेर हिडोस् यसले । अलिकति बिस्वासहरु रोपेर गोडोस् समयका पिउला र भत्काओस्  पुराना धुवाले मैलिएका दलिनहरु । हुर्काओस् सभ्यताको नयाँ इतिहास ।
जब फर्कन्छु रहरका सिढींहरु ओर्लेर, जब थाक्छु आशाका भ¥याङ्हरु उक्लेर, म यसलाई चुपचाप परबाट हेर्न रुचाउँछु । उसलाई सुत्र रुचाउँछु । मलाई उसको माटोको सुगन्ध मन पर्छ । मलाई उसको आफ्नो पन मनपर्छ । उसलाई मान्छेहरुका वासनाले वलत्कार नगरोस् र नगरुन् अर्धबौद्दिक चमेराहरुले भक्षण । बाललहरी देखी चोरकाटे सम्मको यसको एव्सीसा र श्रीनाथकोट देखि शिवालय सम्मको अडिनेटले हर्दम भेटिरहुन् कुनै न कुनै विन्दुमा र जन्माउन् समयको गणितमा नयाँ सुत्र ।
